भिजन ईनर्जि एण्ड पावरले आईपीओ जारी गर्ने, डाक्यो एसजीएम

१६ जेष्ठ २०८१, बुधबार १०:००

काठमाडौं । भिजन ईनर्जि एण्ड पावर लिमिटेडले विशेष साधारण सभा (एसजीएम) डाकेको छ । सभा जेठ ३२ गते दिउँसो ३ बजेदेखि भच्र्युअल माध्यमबाट हुनेछ । कम्पनीको गत वैशाख ३० गते बसेको संचालक समितिले यो निर्णय गरेको हो ।

सभाले कम्पनीको जारी पूँजीको १५ प्रतिशतले हुन आउने रकमको आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, कम्पनीको अधिकृत र जारी पूँजी वृद्धि गर्ने, प्रबन्धपत्रको दफा ६ संशोधन गर्ने र आईपीओ जारी गर्ने क्रममा प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*