हामा स्टीलले एक वर्षमा १ अर्ब ८७ करोडको व्यापार

१६ जेष्ठ २०८१, बुधबार १२:१३

काठमाडौँ । हामा आइरन एन्ड स्टील इन्डस्ट्रिज प्रालिले एक वर्षमा करिब २ अर्ब रुपैयाँको व्यापार गरेको छ । रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालका अनुसार सन् २०२३ मा कम्पनीले १ अर्ब ८७ करोड ६० लाख रुपैयाँ व्यापार गरेको हो ।

कम्पनीको नाफा सन् २०२२ को तुलनामा ५०.७२ प्रतिशत कम हो । सन् २०२२ मा यसले ३ अर्ब ८० करोड ७० लाख र सन् २०२१ मा २ अर्ब ७३ करोड ५० लाख रुपैयाँको व्यापार गरेको गरेको थियो ।

कम्पनीले चालु आर्थिक वर्षको ६ महिनामा ६९ करोड ६० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ ।

यसले कुल ४ अर्ब ३५ करोड ३३ लाख रुपैयाँ बैंक कर्जाका लागि रेटिङ गराएको छ । जसमध्ये, लङ ट्रम २ अर्ब २४ करोड ८३ लाखका लागि ‘आइआरएन बी माइनस’ रेटिङ प्राप्त गरेको छ । यता, सर्ट ट्रम ९० करोड ५० लाख बैंक कर्जाका लागि ‘आइआरएन ए४’ रेटिङ पुनः पुष्टि गरेको छ ।

त्यसैगरी, लङ र सर्ट ट्रम १ अर्ब २० करोड कर्जाका लागि ‘आइआरएन बी माइनस र ए४’ रेटिङ प्राप्त गरेको छ ।

वि.स. २०४५ सालमा दर्ता भई आर्थिक वर्ष २०४७÷४८ सालबाट सञ्चालनमा आएको हामा आइरन एण्ड स्टिल प्रा.लि.दले आफ्नो उत्पादन क्षमता बढाउँदै लगेको छ । प्रारम्भमा बार्षिक छ हजार मेट्रिकटन मात्रै रहेकोमा उद्योगलाई विस्तार गरी क्षमता बढाउन सफल भएको हो । उत्पादित वस्तुको गुणस्तरको निर्भरता विशेषगरी त्यसमा प्रयोग गरिने कच्चा पदार्थमा भर पर्ने भन्दै उद्योगले सुरुदेखि नै आफूहरुले उच्च कोटीको कच्चा पदार्थ (प्राइम बिलेट्स)– सेल, भिगाज, टाटा स्टिलबाट मात्रै आयात गरी प्रयोग गरी फलामे छडहरु उत्पालन गर्दै आएको छ । यसको प्लान्ट गढीमाई, सिमरामा छ ।

बालाकृष्ण श्रेष्ठको यस कम्पनीमा सेयर हिस्सा ९१.४६ प्रतिशत, अमिर श्रेष्ठको ६.२६ प्रतिशत र राजनकृष्ण श्रेष्ठको सेयर स्वामित्व हिस्सा २.२८ प्रतिशत छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*