नेपाल रिको साधारण सभा आज, ५% लाभांश पारित गरिँदै

१७ जेष्ठ २०८१, बिहीबार ०६:२४

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि)को नवौं वार्षिक साधारण सभा आज (जेठ १७ गते) बस्दैछ । सभा काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा विहान साढे ९ बजेदेखि सुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पूँजी १२ अर्ब ८१ करोड ३५ लाख ४३ हजार ७५० रुपैयाँको ४.७५ प्रतिशत बोनस र ०.२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरणको प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी, संस्थागत सामाजिक उत्तरदायित्वमा गरिएका खर्च अनुमोदन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, नेपाल सरकारबाहेक संस्थागत लगानीकर्ताबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न एक जना सञ्चालकको निर्वाचन गर्ने लगायतका एजेण्डाहरू रहेका छन् ।

सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले गत जेठ ६ गते बुक क्लोज गरिसकेको छ । यसमा जेठ ३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले सभामा भाग लिन तथा लाभांश पाउन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*