बजेटले बनायो लगानीकर्ता निरुत्साहित, नेप्से २३ अंकले घट्दा अधिकांश उपसूचक राताम्मे

१६ जेष्ठ २०८१, बुधबार १५:१४

काठमाडौं । साता कारोबारको तेस्रो कारोबार अर्थात बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । आगामी आर्थिक वर्ष २०८१।८२ को बजेटले पनि लगानीकर्ताहरुलाई निराश बनाएको प्रभाव शेयर बजारमा प्रस्ट देख्न सकिन्छ ।

बुधबार नेप्से परिसूचक २३.८१ अंकले घटेर २०८९ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटतापनि सोमबारको तुलनामा कारोबार रकम चाँही बढेको छ । आज फाइनान्स, होटल र उत्पादन उपसूचकमा मात्र सामान्य बृद्धि भएको छ । यी बाहेक सम्पूर्ण उपसूचकहरु राताम्मे बनेका छन् ।

आज तीन सय १४ वटा कम्पनीको १ करोड ७ लाख ३८ हजार कित्ता शेयर खरिद–बिक्री हुदाँ चार अर्ब ५७ करोड रुपैयाँको कारोबार भएको छ । त्यस्तै, पोखरा फाइनान्सको १९ करोड ५२ रुपैयाँसहित सर्वाधिक कारोबार भएको छ । त्यस्तै, आज सीईडीबि हाइड्रोपावरको १९ करोड २७ लाख, सर्बोतम सिमेन्टको १४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबारमा आएका ४ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । बुधबार युनिलिभर नेपाल, कालिन्चोक दर्शन, अप्पर लोहोरे खोला हाइड्रोपावर र भगवती हाइड्रोपावरको शेयरमूल्यमा चाँही सकारात्मक सर्किट लागेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*