नेप्सेमा थप २ कम्पनीको बोनश शेयर सूचीकृत

१६ जेष्ठ २०८१, बुधबार १६:२१

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले थप दुई वटा कम्पनीको बोनश शेयरमूल्य सूचीकृत गरेको छ । आज नेप्सेले स्वरोजगार लघुवित्त र एनएलजि इन्स्योरेन्सको बोनश शेयर सूचीकृत गरेको हो ।

नेप्सेमा एनएलजी इन्स्योरेन्सको ५.५० प्रतिशतका दरले बोनशको ८ लाख २ हजार कित्ता र स्वरोजगा लघुवित्तको ७ प्रतिशतका दरले ४ लाख ३९ हजार कित्ता शेयर सूचीकृत भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*