जीवन बीमा कम्पनीहरुको व्यवसाय १ खर्ब २१ अर्ब बढी, नेपाल–नेशनल–एलआईसी र हिमालयनको अग्रता कायमै

१६ जेष्ठ २०८१, बुधबार १६:४४

काठमाडौं । हाल सञ्चालन रहेका १४ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको बैशाख महिनासम्म एक खर्ब बढी कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।

नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको वित्तीय विवरण अनुसार जीवन बीमा कम्पनीहरुले चालु आवको १० महिनामा एक खर्ब २१ अर्ब ३५ करोड ९५ लाख रुपैयाँ बराबरको ब्यवसाय गरेका छन् ।

यस अवधिमा नेपाल लाइफले सबैभन्दा बढी व्यवसाय गरेको छ । कम्पनीले सम्पूर्ण कम्पनीलाई पछि पार्दै ३२ अर्ब ३८ करोड रुपैयाँको व्यवसाय गर्न सफल भएको छ ।

दोस्रो नम्बरमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले चालु आवको १० महिनामा १४ अर्ब ३३ करोड रुपैयाँको कुल व्यवसाय गरेको छ ।

साथै, लाइफ इन्स्योरेन्स कर्पोेरेशनले यस अवधिमा १४ अर्ब ३५ करोड रुपैयाँको व्यवसाय गर्दै तेस्रो स्थानमा रहेको छ । हिमालयन लाइफले १३ अर्ब ५१ करोड रुपैयाँ र सूर्य ज्योति लाइफले ७ अर्ब २७ करोड रुपैयाँको व्यवसाय गरेको छ ।

चालु आवको बैशाख महिनासम्ममा एशियन लाइफले ६ अर्ब ३८ करोड, सरकारी स्वामित्व रहेको राष्ट्रिय जीवन बीमा कम्पनीले पाँच अर्ब ७६ करोड रुपैयाँ, सिटिजन लाइफले चार अर्ब ७० करोड रुपैयाँको व्यवसाय गरेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*