एक महिनामा आधा जीवन बीमा कम्पनीको ब्यवसाय घट्यो, कस्को अवस्था कस्तो ?

१६ जेष्ठ २०८१, बुधबार १७:०३

काठमाडौं । हाल संचालनमा रहेका १४ जीवन बीमाहरुले बैशाख महिनामा मात्र ११ अर्ब २७ करोड ६७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । जुन चैतको तुलनामा २.३७ प्रतिशतले कम हो । चैतमा जीवन बीमा कम्पनीहरुले ११ अर्ब ५५ करोड १० लाख रुपैयाँ कुल बीमा ब्यवसाय गरेका हुन् ।

एक महिनाको अवधिमा ८ बीमा कम्पनीको ब्यवसाय घटेको छ । नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको बीमा कम्पनीहरुको तथ्याङ्कमा बैशाख महिनामा नेपाल लाइफ इन्स्योरेन्सको ब्यवसाय सबै भन्दा उत्कृष्ट देखिएको छ भने नेशनल लाइफ, एलआइसी नेपाल र हिमालयन लाइफ क्रमशः दोस्रो, तेस्रो र चौथो रहेका छन् ।

चैतको तुलनामा बैशाखमा नेपाल लाइफको ७.१७ प्रतिशतले घटेर २ अर्ब ९२ करोड ७७ लाख रुपैयाँ, एलआइसी नेपालको ७.११ प्रतिशतले बढेर १ अर्ब ४३ करोड, नेशलन लाइफको १२.१० प्रतिशतले बढेर १ अर्ब ४० करोड र हिमालयन लाइफको २.५३ प्रतिशतले बढेर १ अर्ब १७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

त्यस्तै चैतको तुलनामा बैशाखमा सूर्यज्योति लाइफको बीमा ब्यवसाय ८.६६ प्रतिशतले घटेर ७४ करोड ७४ लाख रुपैयाँ, एशियन लाइफको ५.२७ प्रतिशतले घटेर ५९ करोड ७५ लाख रुपैयाँ, सिटिजन लाइफको ११.६३ प्रतिशतले घटेर ४५ करोड ६४ लाख रुपैयाँ, मेट लाइफको ११.४७ प्रतिशतले घटेर ४४ करोड २२ लाख रुपैयाँ, सानिमा रिलायन्सको ११.८२ प्रतिशतले घटेर ३६ करोड ४८ लालाख रुपैयाँ, आइएमई लाइफको २२.६२ प्रतिशतले घटेर ३५ करोड १९ लाख रुपैयाँ र सन नेपाल लाइफको ६.४८ प्रतिशतले घटेर २९ करोड ७६ लाख रुपैयाँ रहेको छ ।

चैतको तुलनामा बैशाखमा रिलायबल नेपालको ४.०८ प्रतिशतले बढेर ३६ करोड ४८ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफको १.८५ प्रतिशतले बढेर ३५ करोड ९४ लाख रुपैयाँ र राष्ट्रिय जीवन बीमा कम्पनीको २४.४३ प्रतिशतले बढेर २९ करोड ७३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*