जीवन बीमा कम्पनीको व्यवसाय ६ प्रतिशलते बढ्यो, सरकारी कम्पनीको घट्यो, नेशनल–प्रभु–एशियन र आइएमई लाइफको उच्च बृद्धि

१६ जेष्ठ २०८१, बुधबार १७:५२

काठमाडौं । हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले बैशाख महिनासम्ममा १ खर्ब २१ अर्ब ३५ करोड रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको बैशाख महिनामा १ खर्ब १४ अर्ब १० करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका थिए । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन करिब ६ दशमलव ३५ प्रतिशतले बढेको छ ।

तथ्याङ्क अनुसार नेशनल लाइफ, प्रभु महालक्ष्मी लाइफ, एशियन लाइफ, आइएमई र रिलायबल नेपाल लाइफको बृद्धिदर दोहोरो अंकले बढेको देखिएको छ ।

गत आवको तुलनामा कुल व्यवसाय सबैभन्दा धेरै नेशनल लाइफको १५.६१ प्रतिशतले बृद्धि हुँदा प्रभु महालक्ष्मी लाइफ १३.६ प्रतिशतको बृद्धि हासिल गर्न सफल भएको छ । त्यस्तै, एशियन लाइफको १२.३१ प्रतिशतले व्यवसाय बृद्धि गर्दा आइएमई लाइफले ११.७७ प्रतिशत र रिलायबल नेपाल लाइफले ११.३९ प्रतिशतले व्यवसाय बृद्धि गर्न सफल भएको छन् ।

त्यस्तै, अन्य व्यवसाय बृद्धि गर्न सफल जीवन बीमा कम्पनीहरुमा हिमालयन लाइफ ९.८२ प्रतिशत, नेपाल लाइफ ७.२९ प्रतिशत, सूर्यज्योति लाइफ ७.२९ प्रतिशत, मेट लाइफ ७.०६ प्रतिशतले व्यवसाय बृद्धि गर्न सफल भएका छन् ।

साथै, सानिमा रिलायन्स लाइफले ६.३९ प्रतिशत, सिटिजन लाइफले ६.३६ प्रतिशत, एलआइसी नेपालको ०.३३ प्रतिशतले व्यवसाय वृद्धि गरेको छ । त्यस्तै, राष्ट्रिय जीवन बीमा कम्पनीको व्यवसाय २३.९२ प्रतिशतले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*