जीवन बीमा कम्पनीको नविकरण बीमा शुल्क आर्जन ९७ अर्ब, कुन कम्पनीले कति भित्र्याए ? (तथ्याङ्कसहित)

१६ जेष्ठ २०८१, बुधबार १८:०९

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको बैशाख महिनासम्ममा ९७ अर्ब १२ करोड ५८लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरण सार्वजनिक गरेको बैशाख महिनासम्मको तथ्याङ्क अनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीको नविकरण बीमा शुल्क गत वर्षको बैशाख महिनासम्मको तुलनामा ६.९९ प्रतिशतले बृद्धि भएको देखिएको छ । गत वर्षको बैशाख महिनासम्ममा जीवन बीमा कम्पनीहरुले ९० अर्ब ७८ करोड १८ लाख रुपैयाँ नविकरणमार्फत बीमा शुल्क आर्जन गरेका थिए ।

जीवन बीमा कम्पनीहरुले नविकरण बीमा शुल्कमा उल्लेख्य प्रगति गरेको तथ्याङ्ककले देखाएको छ । सो मध्ये सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सले बैशाख महिनासम्ममा २६ अर्ब ९६ करोड रुपैयाँ नविकरणमार्फत बीमा शुल्क संकलन गरेको छ । जुन गत आर्थिक वर्षको बैशाखको तुलनामा ७.१५ प्रतिशतले बढी हो ।

नविकरण बीमा शुल्क आर्जनको आधारमा लाइफ इन्स्योरेन्स (कर्पोरेशन) नेपाल दोस्रो स्थानमा रहेको छ । कम्पनीले चालु आर्थिक वर्षको १० महिनासम्ममा १२ अर्ब ५२ करोड रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा १.३६ प्रतिशतले बढी हो ।

त्यस्तै, हिमालयन लाइफको नविकरण बीमा शुल्क आर्जन १२ प्रतिशतले बृद्धि भई ११ अर्ब ६९ करोड रुपैयाँ आर्जन भएको छ ।

बैशाख मसान्तसम्मको अवधिमा नविकरण बीमा शुल्क ११.५२ प्रतिशतले बढाएर १० अर्ब ६१ करोड, सूर्यज्योति लाइफले १६.४४ प्रतिशतले बढाएर ५ अर्ब ४९ करोड, राष्ट्रिय जीवन बीमा कम्पनीले २१.३५ प्रतिशतले घटाएर ५ अर्ब २९ करोड, एशियन लाइफले ११.१८ प्रतिशतले बढाएर ५ अर्ब ४ करोड, मेट लाइफले ७.४३ प्रतिशतले बढाएर ३ अर्ब ५३ करोड, सानिमा रिलायन्सले ८.९२ प्रतिशतले बढाएर ३ अर्ब ३५ करोड र सिटिजन लाइफले ८.३८ प्रतिशतले बढाएर ३ अर्ब २६ करोड रुपैयाँ आर्जन गरेको छन् ।

बैशाखसम्ममा प्रभु महालक्ष्मीले २६.०८ प्रतिशतले बढाएर २ अर्ब ६९ करोड, आइएमई लाइफले ११.९२ प्रतिशतले बढाएर २ अर्ब ४७ करोड, रिलायबल नेपालले १४.१५ प्रतिशतले बढाएर २ अर्ब २३ करोड र सन नेपाल लाइफले १४.१५ प्रतिशतले बढाएर १ अर्ब ९४ करोड रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका हुन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*