मुक्तिनाथ कृषि कम्पनीको लक इन अवधि आजबाट सकिँदै

१८ जेष्ठ २०८१, शुक्रबार ०६:२५

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको ७० हजार कित्ता शेयरको लक इन अवधि आज (जेठ १८ गते) बाट सकिँदैछ ।

कम्पनीले आईपीओ मार्फत निष्काशन गरेको शेयर गत मंसिर १९ गते बाँडफाँड गरेको थियो । जसमध्ये सामूहिक लगानी कोषलाई छुट्याइएको ५ प्रतिशत अर्थात् ७० लाख रुपैयाँ बराबरको ७० हजार कित्ता शेयर लक इनमा रहेको छ ।

लक इन अवधि सकिएसँगै अब संस्थापक शेयरधनी र कर्मचारीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*