४ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, नेपाल फाइनान्सको सर्वाधिक कारोबार

१७ जेष्ठ २०८१, बिहीबार १५:०८

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार पनि शेयर बजार दोहोरो अंकले घट्न पुगेको छ । आज नेप्से परिसूचक १९.८९ अंकले घटेर २०६९.५३ को विन्दुमा कायम भएको छ ।

नेपाल फाइनान्सको ५५६ रुपयाँका दरले १९ करोड ४५ लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ । त्यस्तै, आज नगदी ग्रूप पावरको १५ करोड ३० लाख रुपैयाँ, जानकी फाइनान्सको १२ करोड तीन लाख रुपैयाँले शेयर कारोबार भएको छ ।

यसका साथै, नेपाल फाइनान्स, अप्पर लोहोरे खोला, भगवती हाइड्रोपावर र मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*