आगामी आर्थिक वर्षबाटै बीमा क्षेत्र पेपरलेस हुन्छ: अध्यक्ष सिलवाल

१८ जेष्ठ २०८१, शुक्रबार १२:३०

काठमाडौं । आगामी साउन १ गतेबाट नेपाल बीमा प्राधिकरणले फूल्ली डिजिटलाइज्ड रुपमा अघि बढ्ने रणनीति लिइसकेको नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताएका छन्।

सिफ्ट पिक्सेलले आज काठमाडौंमा आयोजना गरेको ‘सेल्स स्ट्रयाटेजी इन रिसेसन’ कार्यक्रममा अध्यक्ष सिलवालले यस्तो बताएका हुन् |

उनले आफुहरुको उदेश्य नै पेपरलेस मोेडेलमा अघि बढ्ने भएको र त्यसका लागि अन्तिम गृहकार्य भइरहेको बताए |

 

त्यसरी उन्नत जातको वेभ साइट नेपाल बीमा प्राधिकरणले प्रयोगमा ल्याउन सकेमा त्यसबाट धेरैजना लाभांवित हुने अध्यक्ष सिलवालको आँकलन छ । उनले विगत लामो समयदेखि नेपाल बीमा प्राधिकरणले तथ्यांक प्रणालीलाई मजबुद र विश्वस्नीय बनाउँन विभिन्न कार्य योजनाहरु तयार गर्दै आएको पनि बताएका छन् । आगामी दिनमा बजारको माग अनुसार र बीमितहरुलाई सहज हुने किसिमले आफूहरुले प्रोडक्ट ल्याउँने उनले बताएका छन् ।

बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा क्षेत्र डिजिटलाईजेसनमा जाँदा अन्य क्षेत्रमा जस्तै ग्राहकरुले पाउँने सेवा, सुविधा सहज तथा छिटो गतिमा सम्पन्न हुने बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*