नेपाल पुनर्बीमा कम्पनी सिईओ सुरेन्द्र थापाले सम्हाले कार्यभार

१८ जेष्ठ २०८१, शुक्रबार १३:०१

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुरेन्द्र थापाले कार्यभार सम्हालेका छन । जेठ १८ गते अर्थात आज उनले नियुक्त पत्र बुझ्दै औपचारीक रुपमा कार्यभार सम्हालेका हुन् ।

कम्पनीको सञ्चालक समितिको बैठकले थापालाई चार बर्षका कार्यकालको लागि नियुक्त गरेको हो । नेपाल पुनर्बीमा कम्पनीको सिईओ छनौट समितिले सर्टलिष्टमा परेका पाँचजनामध्येबाट प्रस्तुतिकरण लिइसकेपछि सिईओ सुरेन्द्र थापालाई बोर्डले सिईओ नियुक्त गर्ने निर्णय गरेको थियो ।

नेपाल पुनर्बीमा कम्पनीको कार्यभार सम्हालेका थापा यसअघि अजोड इन्स्योरेन्सको डिसिईओको जिम्मेवारी सम्हालिसकेका छन् । थापा बीमा क्षेत्रमा लामो अनुभव भएका अब्बल प्रशासक हुन् । उनको कार्यकालमा पुनर्बीमा कम्पनीले थप प्रगति गर्ने विश्वास गरिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*