यो साता एनएलजी इन्स्योरेन्ससहित ९० लाख कित्ता शेयर सूचीकृत

१९ जेष्ठ २०८१, शनिबार ०६:५०

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यो साता ६ कम्पनीहरुको ९० लाख कित्ता बढी शेयर सूचीकृत भएको छ । जसमा अधिकांश कम्पनीहरुले घोषणा गरेको बोनश शेयर रहेको छ ।

यो साता कालिका पावर कम्पनीको १० प्रतिशत बोनशका दरले ७ लाख ९३ हजार कित्ता शेयर सूचीकृत भएको छ । त्यस्तै, रसुवागढी हाइड्रोपावरको ६८ लाख ४२ हजार कित्ता र एनएलजी इन्स्योरेन्सको ५.५० प्रतिशत बोनश शेयरका दरले ८ लाख २ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ ।

त्यस्तै, स्वरोजगार लघुवित्तको ७ प्रतिशत बोनश शेयरका दरले ४ लाख ३९ हजार कित्ता र नेपाल हाइड्रो डेपलपर लिमिटेडको ७ प्रतिशत बोनशका दरले दुई लाख ३५ हजार १४८ कित्ता शेयर सूचीकृत भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*