मौद्रिक नीतिले बढेको पुँजी बजार बजेटमा करेक्सन, कस्तो रह्यो साता ?

१९ जेष्ठ २०८१, शनिबार १०:३१

काठमाडौँ । यो साता शेयर बजारका लगानीकर्ताका लागि निराश बनेको छ । साताका चार कारोबारमा तीन दिन भने मार्केट ओरालो लागेको हो । मौद्रिक नीतिले बढाएको पुँजी बजारलाई बजेटले भने घटाउन प्रोत्साहन गरेको हो ।

बजेट मार्फत कुनै पनि बुँदा हलचल नहुँदा लगानीकर्ता निराश हुन पुगेका हुन् । समग्रमा यो साता बजार २.९१ प्रतिशत अर्थात ६१.९६ अंकले घटेर २०६९.५३ बिन्दुमा बन्द भएको छ । यो मंगलबार बजार बन्द रहेको थियो । आइतबार २२.१४ अकं, बुधबार २३.८१ अकं र १९.८९ अकंले मार्केट ओरालो लागेको थियो भने सोमबार मात्र बजार ३.८९ अकंले बढेको हो ।

समग्रमा बजार ओरालो आगेपछि आइएमई जनरल इन्स्योरेन्सको शेयर मूल्य ओरालो लागेको हो । कम्पनीको शेयर मूल्य सर्वाधिक २३.१३ प्रतिशतले घटेर ४३६ रुपैयाँ ६० पैसामा झरेको छ । यता, सामुदायिक लघुवित्तको १३.७६ प्रतिशतले घटेर १११५ रुपैयाँ ९० पैसा, मिर्मिरे लघुवित्तको १२.७८ प्रतिशतले घटेर ६८९ रुपैयाँ, उन्नति सहकार्य लघुवितको १२.७८ प्रतिशतले घटेर १९३६ रुपैयाँ ३० पैसा महुली लघुवित्त वित्तीय संस्थाको १२.०८ प्रतिशतले घटेर १२०८ रुपैयाँ र बुद्धभुमि नेपाल हाइड्रोपावरको ११.९२ प्रतिशतले घटेर ५९१ रुपैयाँमा झरेको छ ।

बजार घटेपनि कारोबार रकम भने यो साता उच्च नै भएको छ । मौद्रिक नीतिको तेस्रो समिक्षा पश्चात बढेको पुँजी बजारमा नाफा बुक गर्नेहरुको हाबी हुँदा कारोबार रकम बढेको हो ।

सातामा सबैभन्दा बढी कारोबार बुधबार भएको थियो । सो दिन ४ अर्ब ५१ करोड ९० लाख रुपैयाँको कारोबार भएको थियो । बजेटमा माग सम्बोधन नभएपश्चात लगानीकर्ता नाफा बुक गर्ने तिर अग्रसर भएको देखिन्छ । यता, आइबार ४ अर्ब ४२ करोड, सोमबार ३ अर्ब ८७ करोड र बिहिबार ४ अर्ब १८ करोड रुपैयाँको कारोबार भएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*