पर्वत पैयु खोला हाईड्रोपावरले आईपीओ निष्काशन गर्ने, डाक्यो एसजीएम

२० जेष्ठ २०८१, आईतवार ०६:५७

काठमाडौं । पर्वत पैयु खोला हाईड्रोपावर कम्पनी लिमिटेडले असार ३ गते विशेष साधारण सभा (एसजीएम) डाकेको छ । कम्पनीको जेठ १० गते बसेको संचालक समितिको बैठकले काठमाडौंस्थित कम्पनीको कार्यालयमा विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सभा बस्ने निर्णय गरेको हो ।

सभाले प्रारम्भिक शेयर (आईपीओ) निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यस्तै, स्वतन्त्र सञ्चालक नियुक्त गरी लगत कायम गर्ने, संचालक समितिलाई अख्तियारी दिने र सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने प्रतिवेदन छलफल गरी पारित गर्ने एजेण्डा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*