नेपाल वेयरहाउजिङको लक इन अवधि समाप्त

२० जेष्ठ २०८१, आईतवार ०७:४८

काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको ६८ हजार बढी कित्ता शेयरको लक इन अवधि समाप्त भएको छ ।

कम्पनीले आईपीओ मार्फत निष्काशन गरेको शेयर २०८० मंसिर २० गते बाँडफाँड गरेको थियो । बाँडफाँडमा कम्पनीद्वारा सामूहिक लगानी कोषलाई छुट्याइएको ५ प्रतिशत अर्थात् ६८ लाख ७५ हजार रुपैयाँ बराबरको ६८ हजार ७५० कित्ता शेयर लक इनमा रहेको थियो ।

यसरी बाँडफाँड भएको मितिले ६ महिनासम्म रोक्का भएको कम्पनीको शेयरको लक इन अवधि जेठ १९ गते शनिबार देखि समाप्त भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*