प्रिमियम मूल्यमा सागर डिष्टिलरीको शेयर बिक्रीमा, प्रतिकित्ता कति?

२० जेष्ठ २०८१, आईतवार ०९:४०

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले आफ्ना संस्थापक शेयरधनीहरूका लागि प्रिमियम मूल्यमा १३ लाख ८८ हजार कित्ता शेयर बिक्रीमा ल्याएको छ ।

कम्पनीले शेयरधनीहरूको हाल कायम चुक्ता पूँजीको अनुपातमा प्रतिकित्ता २०० रुपैयाँमा शेयर जारी गर्ने निर्णय बमोजिम उक्त शेयर बिक्रीमा ल्याएको हो । जसमा १०० रुपैयाँ अंकित मूल्यमा १०० रुपैयाँ प्रिमियम बापत थप गरिएको छ ।

शेयर खरिद गर्न इच्छुक संस्थापकहरूले ३५ दिनभित्र कम्पनीको संचालक समितिमा निवेदन दिनुपर्नेछ । तोकिएको समयभित्र संस्थापकहरूबाट आवेदन नपरेमा अन्य लगानीकर्तामा बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*