नेपाल लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा

२० जेष्ठ २०८१, आईतवार ११:१५

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको जेठ २० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/0८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई चुक्ता पूँजीको २१.०५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । उक्त लाभांशबाट कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश छुटाएको छ ।

प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभा र नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि मात्र शेयरधनीमा वितरण हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*