दुई कम्पनीको सेयरमा लकइन फुकुवा

२० जेष्ठ २०८१, आईतवार १३:५५

काठमाडौं । म्युचुअल फण्डले होल्ड गरेको मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयरहाउजिङ कम्पनीको सेयरमा लकइन अवधि सकिएसँगै आइतबारदेखि कारोबार फुकुवा भएको छ ।शुक्रबार र शनिबार ती दुई कम्पनीको सेयरमा लकइन अवधि सकिएको हो । मुक्तिनाथ कृषि कम्पनीको थप ७० हजार कित्ता सेयर कारोबारका लागि फुकुवा भएको छ ।

त्यस्तै वेयरहाउजिङको ६८ हजार ७५० कित्ता सेयरमा कारोबार फुकुवा भएको छ । यी दुई कम्पनीको कुल १ लाख ३८ हजार ७५० कित्ता सेयरमा कारोबार फुकुवा भएको हो ।

बिहीबार बजार बन्द हुँदा वेयरहाउजिङको मूल्य ७८९ रुपैयाँ ९० पैसा कायम भएको छ । सो दिन कम्पनीको मूल्य ५।९६ प्रतिशत घटेको हो । त्यस्तै मुक्तिनाथ कृषि कम्पनीको मूल्य प्रतिकित्ता ९६२ रुपैयाँ ४० पैसा छ । यसको मूल्य बिहीबार ४।८१ प्रतिशत घटेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*