दोहोरो अकंले बढ्यो शेयर बजार, १० उपसूचकमा हरियाली, मार्केटले नयाँ गति तयार गर्ला ?

२० जेष्ठ २०८१, आईतवार १५:०७

काठमाडौँ । पछिल्ला दुई दिन राताम्य भएको शेयर बजार आज भने दोहोरो अकंले बढेको छ । बजेट मार्फत माग सम्बोध नहुँदा लगानीकर्ता रुष्ट बन्दा बजार केहि ओरालो लागेको हो ।

बजेटले लगानीकर्ताका माग सम्बोधन नगरेपनि शेयर बजारलाई प्रभावित गर्ने पनि कुनै कुरा ल्याएको छैन । अब शेयर बजारका लगानीकर्ताको मनोबल उच्च बन्ने हो भने पुँजी बजारले आफ्नो गति लिने तर्क जानकारहरुका छन् ।

ब्याजदर पनि ओरालो लाग्दै गएको छ । अर्थतन्त्र पनि विस्तारै लयमा आइरहेको छ । अब विस्तारै कर्जाको माग समेत बढ्ने देखिन्छ । लगानीकर्ताको मनोबलले शेयर बजारमा ठुलो भुमिका खेल्छ । मनोबल दरिलो बनाउन सके पुँजी बजारले नयाँ लय निर्धारण गर्ने जानकार बताउँछन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.५१ अकंले बढेर २०८३.०४ बिन्दुमा बन्द भएको छ । आयतबार ३२५ कम्पनीको ९६ लाख ९७ हजार २०६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३१ करोड १० लाख १५ हजार रुपैयाँको कारोबार भएको छ ।

साताको पहिलो कारोकारको दिन १० उपसूचकमा हरियाली आएको छ । आज इन्भेष्टमेन्ट समूहको ०.२३ प्रतिशत, निर्माण र प्रशोधन समूहको २.४० प्रतिशत र माइक्रोफाइनान्स समूहको ०.०५ प्रतिशतले शेयर मूल्य घटेको हो ।

आइतबार दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज मल्टीप्रपोज फाइनान्स र मकर जितुमायाको शेयरमा सर्किट लागेको हो ।

त्यस्तै, नेपाल फाइनान्सको २२ करोड ६४ लाख रुपैयाँ, पोखरा फाइनान्सको १८ करोड ७० लाख रुपैयाँको कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*