दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

२० जेष्ठ २०८१, आईतवार १५:११

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार दोहोरो अंकले बढेको छ । अधिल्लो कारोबारको दुई दित राताम्मे बनेको शेयर बजार आज बढ्न पुगेको हो ।

आज नेप्से परिसूचक १३ दशमलव ५१ अंकले बढेर २०८३.०४ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै अधिकांश कम्पनीहरुको शेयरमूल्य बढेको छ ।

आइतबार कारोबार भएका कम्पनीहरुमध्ये मल्टिप्रपोज फाइनान्स र मकर जितुमाया सुरी हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, आज कालिन्चोक दर्शन लिमिटेडको ८.८५ प्रतिशत, अप्पर सोलु हाइड्रोको ८.४८ र माइखोला हाइड्रोपावरको शेयरमूल्य ८.०२ प्रतिशतले वृद्धि भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*