एनएलजी इन्स्योरेन्सको बोनस शेयर डिम्याट खातामा

२१ जेष्ठ २०८१, सोमबार ०७:१४

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको गत फागुन ३ गतेको १८औं वार्षिक साधारण सभाले पारित गरेको बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा भएको छ । कम्पनीको सभाले ५.५० प्रतिशत बोनस शेयर पारित गरेको थियो ।

कम्पनीले माघ २४ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीको सम्बिन्धित डिम्याट खातामा बोनस शेयर जम्मा गराएको छ । र, हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका शेयरधनीले शेयर अभौतिकीकरण गराएपछि शेयरधनीको सम्बन्धित डिम्याट खातामा बोनस शेयर जम्मा गराईने कम्पनीले जनाएको छ ।

साथै, माघ २४ गतेसम्म शेयर धितो राखि कर्जा लिएका शेयरधनीको हकमा बोनस शेयर कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाको नाममा रोक्का भई शेयरधनीको डिम्याट खातामा जम्मा हुनेछ । कर्जा राफसाफ भइसकेको खण्डमा सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी फुकुवा गर्न आग्रह गरेको छ ।

कम्पनीको बोनस शेयर नेपाल स्टक एक्सचेन्ज र सिडिएस एण्ड क्लियरिङ्गमा सूचीकृत भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था समेत भइसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*