ठमेल प्लाजा होटलको हकप्रद शेयर बिक्रीमा

२१ जेष्ठ २०८१, सोमबार ०८:४२

काठमाडौं । ठमेल प्लाजा होटल एण्ड सुईट्स लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि हकप्रद शेयर बिक्रीमा ल्याएको छ ।

कम्पनीको जेठ १९ गतेको विशेष साधारण सभाले साविकमा जारी गरिएको २० प्रतिशत हकप्रद शेयर समेत समेटी आफूले चुक्ता गरेको शेयरको ७०.३० प्रतिशतले हुने रकमका लागि हकप्रद शेयर जारी गर्ने निर्णय गरेको थियो । कम्पनीले सोही निर्णय बमोजिम कुल ७०.३० सम्मको सीमाभित्र हुने गरी संस्थापक शेयरधनीहरूका लागि हकप्रद शेयर बिक्री खुला गरेको हो ।

यस हकप्रद शेयरमा आज (जेठ २१ गते) देखि असार २३ गतेसम्म संस्थापक शेयरधनीहरूले आवेदन दिन पाउनेछन् । तोकिएको समयभित्र हाल कायम शेयरधनीले आवेदन नदिएको खण्डमा अन्य शेयरधनी, व्यक्ति तथा निकायलाई बिक्री गरिने सूचनामा उल्लेख गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*