३.९७ अकंले घट्यो शेयर बजार, ४ अर्बको कारोबार हुँदा माइक्रोफाइनान्समा झुम्मिए लगानीकर्ता

२१ जेष्ठ २०८१, सोमबार १६:०३

काठमाडौँ । आइतबार दोहोरो अकंले बढेको शेयर बजार आज ओरालो लागेको छ । लगानीकर्ताको मनोबल कमजोर रहँदा बजारले गति लिन सकेको छैन । बजेट मार्फत आफ्ना माग सम्बोधन नहुँदा लगानीकर्ता नाफा बुक गर्ने तिर समेत हाबि भएको देखिन्छ ।

हिजो दोहोरो अकंले मार्केट बढ्दा आज लगानीकर्ता नाफा बुक गर्ने तिर अग्रसर भएका हुन् । यता, धितोपत्र बोर्डमा समेत अर्बौको शेयर रोकिएर बसेको छ । महिनौ देखि बोर्ड अध्यक्ष बिहिन छ । सरकारको नजर यस तिर नगर्दा लगानीकर्ता प्रभावित हुन पुगेका छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.९७ अकंले घटेर २०७९.०७ बिन्दुमा बन्द भएको छ । आज ३१६ कम्पनीको ८८ लाख २० हजार १२५ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४० लाख ७० हजार रुपैयाँको कारोबार भएको छ ।

सोमबार १२ उपसूचक राताम्य हुँदा माइक्रोफाइनान्स समूहको शेयर मूल्य बढेको छ । माइक्रोफाइनान्स समूहको शेयर २.४३ प्रतिशतले बढेको हो । साथै, आज बैंकिङ समूहको ०.७४ प्रतिशत, विकास बैंक समूहको ०.३० प्रतिशत, फाइनान्स समूहको शेयर मूल्य घटेको हो ।

आज एनआरएन इन्फाइट्राचरको १४ करोड ८५ लाख रुपैयाँ, पोखरा फाइनान्स समूहको १३ करोड ८६ लाख रुपैयाँ र ग्रिन भिन्चर्सको १२ करोड ४० लाख रुपैयाँको कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*