सांसद हरि ढकालको आक्रोसः शेयर बजार सुधारका लागि मैले दिएको १० बुँदे सुझाव किन सम्बोधन भएन ?

२१ जेष्ठ २०८१, सोमबार १६:०६

काठमाडौँ । सांसद हरि ढकालले आगामी आर्थिक वर्षको बजेट माथि चर्को बिरोध गरेका छन् । सोमबार प्रतिनिधि सभामा राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफलमा सहभागि हुँदै उनले अहिले पनि पहिलेको जस्तै बजेट आएको उल्लेख गरे ।

शेयर बजार सुधारका लागि आफुले दिएको १० बुँदे सुझाव सम्बोधन नभएको भन्दै ढकालले आक्रोस पोखे । उनले भने, ‘बजेट पोहरको जस्तै छ । परारको जस्तै छ । नीति बन्दै गर्दा शैलि र स्वरुप परिवर्तन हुँदैन भने त्यो बजेटमा केहि परिवर्तन भएको छैन । सांसदले उठाएका विषयमा यस बजेटमा छैन । सत्तापक्षले पनि समर्थन गरेको छैन । अर्थमन्त्रीलाई मैले शेयर बजार सुधारका लागि १० बुँदे सुझाव दिएको थिए । काही केहि पनि छैन । माग सम्बोधन हुने त भनिएको थियो ।’

उनले विदेशी उत्पादनलाई रोक लगाई स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने भन्ने विषयपनि बजेटमा नआएको उनको तर्क छ । ‘पोखरा र भैरहवा विमानस्थल संचालक गर्ने बारे कुनै कार्यक्रम छैन । १५ गतेको काम सकाउने गरी बजेट आएको हो । नारा नारामै सीमित भयो’ ढकालले भने ।

साढे ५ खर्ब ऋणी लिन कुरा अर्थतन्त्रका लागि भयानक भएको ढकालले बताए । उनले भने, ‘असुल गर्नु पर्ने बेरुजु साढे ४ खर्ब छ । यो उठाउन सरकारको ध्यान गएन । ऋणा लिन कुराले बजेटमा कुनै उल्लासको छैन । युवा पलायन रोक्ने कुनै काम छैन । सत्तापक्षमा रहे पनि नरहेपनि गल्तीलाई गल्ती भन्छु ।’

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*