अधिकांश बीमा कम्पनीको शेयरमूल्यमा गिरावट, कुनको कतिले घट्यो ? (सूचीसहित)

२१ जेष्ठ २०८१, सोमबार १७:०७

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ३.९७ अंकले घटेर २०७९.०७ को बिन्दुमा कायम भएको छ ।

समग्र रुपमा शेयर बजार घटेसँगै आज लाइफ इन्स्यारेन्स र नन लाइफ इन्स्योरेन्स उप सूचकमा कारोबार भएका अधिकांश कम्पनीहरुको शेयरमूल्यमा गिरावट आएको छ ।

आइतबार लाइफ इन्स्योरेन्स इन्डेक्स ०.२० प्रतिशत अर्थात २० अंकले घटेर १०,१४९ को बिन्दुमा कायम भएको छ । आज सूर्यज्योति लाइफ इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक बढेको छ । कम्पनीको शेयरमूल्य ०.४४ प्रतिशतले बढेर ४१५ रुपैयाँमा कारोबार भएको छ ।

साथै, नन लाइफ इन्स्योरेन्स उपसूचक पनि आज ०.६६ प्रतिशत अर्थात ७१.०६ अंकले घटेर १०,५७४ को विन्दुमा कायम भएको छ । आज शिखर इन्स्योरेन्सको मात्र शेयरमूल्य ०.१४ प्रतिशतले बृद्धि भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*