बीमितको सहजताको लागि आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा २ शाखा कार्यालय स्थानान्तरण

२१ जेष्ठ २०८१, सोमबार १७:४६

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले आफ्नो शाखा कार्यालय स्थानान्तरण गरेको छ । कम्पनीले सुर्यविनायक नगरपालिका वडा नं. १, भक्तपुरमा रहेको शाखा कार्यालयलाई मध्यपुर थिमी नगरपालिका वडा नं. ३, भक्तपुरमा स्थानान्तरण गरेको छ ।

साथै, कम्पनीले स्याङ्जा जिल्लाको वालिङ नगरपालिका स्थित वडा नं ०३, मा रहेको शाखा कार्यालयलाई पोखरा महानगरपालिका वडा नं. १७ बिरौटा, कास्कीमा आजबाट स्थानान्तरण गरेको छ ।

बीमितहरुलाई छिटो र छरितो बीमा सेवा प्रदान गर्ने साथै कम्पनीबाट प्रदान गर्ने सबै प्रकारका बीमा सेवालाई समय सापेक्ष परिवर्तन गर्दै लैजाने उद्देश्यले उक्त शाखा कार्यालयहरु स्थानान्तरण गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले निर्जीबन बीमाको क्षेत्रमा छुटृै पहिचान स्थापित गर्ने उद्देश्यले आवश्यकतानुसार थप शाखा कार्यालयहरु खोल्दै जाने र आफ्ना बीमितलाई सहज सेवाको लागि भइरहेका शाखा कार्यालयहरुलाई उपयुक्त स्थानमा स्थानान्तरण गरी सहज सेवा प्रदान गर्ने हेतुले भक्तपुर र पोखराको बिरौटामा आजैबाट शाखाहरु स्थानान्तरण गरेको कम्पनीले बताएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*