आइजीआई प्रुडेन्सियलको ३.३० लाख कित्ता संस्थापक शेयर बिक्रीमा

२२ जेष्ठ २०८१, मंगलवार ०६:५८

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीहरूको नाममा रहेको तीन लाख ३० हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

यो शेयर कम्पनीमा हाल कायम विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिद गर्न पाउनेछन् । शेयर खरिद गर्न इच्छुक संस्थापकले काठमाडौंको नक्सालस्थित कम्पनीको केन्द्रीय कार्यालयमा खरिद गर्न चाहेको कित्ता विवरण खुलाई ३५ दिनभित्र निवेदन दिनुपर्नेछ ।

साथै, तोकिएको म्यादभित्र संस्थापकहरूबाट आवेदन नपरेमा अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*