१६ औं बार्षिकोत्सवको अवसरमा हिमालयन लाइफद्धारा भव्य प्रभातफेरि सम्पन्न, उत्साहित भएर अघि बढ्न सिईओ कर्णको आह्वान

२२ जेष्ठ २०८१, मंगलवार ०८:३४

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले १६ औं बार्षिकोत्सवको अवसरमा आज विहान राजधानी काठमाडौंमा भव्य प्रभातफेरि कार्यक्रम सम्पन्न गरेको छ ।

सिईओ मनोज कुमार कर्णको नेतृत्वमा काठमाडौंको हात्तिसारस्थित केन्द्रीय कार्यालयबाट सुरु भएको प्रभातफेरि कमलपोखरी, कमलादी, भद्रकाली, सुन्धारा, रत्नपार्क, जमल, दरवारमार्ग हुँदै हात्तिसारस्थित केन्द्रीय कार्यालयमा पुगेर समापन भएको छ ।

१६ औं बार्षिकोत्सवको अवसरको पूर्वसन्ध्यामा हिजो सातै प्रदेशमा रक्तदान कार्यक्रम गरेको कम्पनीले आज विहानै प्रभातफेरि कार्यक्रम आयोजना गरिएको हो । प्रभातफेरि कार्यक्रममा कम्पनीका सिईओ मनोज कुमार कर्ण, डेपुटी सिईओ कपिल कुमार दाहाल लगायतको सहभागिता रहेको थियो ।

१६ औं बार्षिकोत्सवको अवसरमा आयोजित प्रभातफेरि कार्यक्रममा हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका सिईओ मनोज कुमारलाल कर्णले उत्साहित भएर अघि बढ्न सबैलाई आह्वान गरेका छन् ।

प्रभातफेरि पछि आयोजित संक्षिप्त मन्तव्य राख्दै सिईओ कर्णले हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी नेपालको नम्वर वान कम्पनी बन्ने उद्देश्यका साथ अघि बढिरहेको बताउँदै छिट्टै देशको सबैभन्दा उत्कृष्ट पहिलो नम्वरको कम्पनी बनाउने प्रतिबद्धता व्यक्त गरे ।

 

सिईओ कर्णले तीन वटा कम्पनी मर्जर भई बनेको हिमालयन लाइफ नेपाली बीमा कम्पनीहरुको मर्जरको सफल इतिहास भएको बताउँदै सबै कर्मचारीहरुलाई उत्साह भाव र एकताबद्ध भएर काम गर्न आह्वान गरे । सिईओ कर्णले १६ औं वर्षसम्म आईपुग्दा विगतमा तीन वटै र हालको हिमालयन लाइफमा कार्यरत कर्मचारी, बीमा अभिकर्ता, लगानीकर्ता सबैको सामूहिक योगदान गरेको बताउँदै सबै प्रति आभार व्यक्त गरे ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*