आइएमई लाइफ जितपुर शाखाद्वारा बीमा दावी भुक्तानी

२२ जेष्ठ २०८१, मंगलवार १०:११

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको जितपुर शाखा कार्यालयले १ लाख ९० हजार रुपैयाँको मृत्यु दावी भुक्तानी गरेको छ । केही महिना अगाडि मृत्यु भएकि बाणगङ्गा नगरपालिका जितपुर निवासी स्वर्गीय रत्ना गुरुङको परिवारलाई उक्त रकम प्रदान गरेको हो । कम्पनीले उक्त रकम स्वर्गीय बीमितकि सासुआमा रुपा गुरुङलाई प्रदान गरेको हो ।

कम्पनीका लघुबीमा विभागका प्रमुख श्रीराम पोखरेल, क्षेत्रीय शाखा प्रवन्धक राजेन्द्र पन्थी, जितपुर शाखा प्रमुख गणेश कार्की, क्षेत्रीय संयोजक बिष्णु दवाडी, सिद्धार्थ बचत तथा सहकारीका प्रवन्धक हरिलाल शर्मा लगायतको उपस्तिथिमा रु १ लाख ९० हजारको चेक हस्तान्तरण गरिएको हो ।

गुरुङले सिद्धार्थ बचत तथा सहकारी मार्फत रु १ लाख चालीस हजार ऋण लैजादै गर्दा सस्थाले आइएमई लाइफ सङ्ग कर्जा बीमा गराएको थियो । कम्पनीले बिमाङ्क रकम रु १ लाख ४० हजार र काजकिरिया खर्च बापत रु ५० हजार गरि एकमुष्ट (१ लाख ९० हजार) मृतकका परिवारलाई प्रदान गरेको छ ।

दावी भुक्तानी रकम हस्तान्तरण गर्दै कम्पनिका माइक्रो डिपार्ट हेड श्रीराम पोखरेलले बीमाको महत्व प्रकाश पार्दै जीवन बीमा अनिवार्य रहेकोले सबैले जीवन बीमा गराउनु पर्ने बारे बताउदै सानो रकम जम्मा गर्दै गर्दा ठूलो आर्थिक क्षेतिहुनबाट बचाउने हुदा बीमा सबैको लागि अनिवार्य रहेको बारे बताउनु भयो । कार्यक्रममा आईएमई लाइफका कर्मचारी,एजेन्सी ,सहकारीका पदाधिकारी , तथा स्थानीयको सहभागिता रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*