चितवनका केरा किसानको १५ करोडको क्षतिको बीमा दाबी भुक्तानी गर्न सांसद ढकालको माग

२२ जेष्ठ २०८१, मंगलवार १२:२६

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता हरि ढकालले चितवनका केरा किसालाई तत्काल बीमा दाबी भुक्तानी दिन आग्रह गरेका छन् । मंगलबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद ढकालले केरा किसानको क्षति भएको १५ करोड रुपैयाँको दाबी भुक्तानी दिन अनुरोध गरेका हुन् ।

सांसद ढकालले केरा किसानलाई तत्काल राहतका कार्यक्रमसहित बीमामा बापतको रकम दिन भनेका हुन् । उनले भने, ‘यहि महिनाको १७, १८ र १९ गते चितवनमा ठुलो आधि आयो । मानविय क्षती भएको छैन भने भौतिक क्षती धेरै भएको छ । आज पनि कयौ स्थानमा विधुत अवरोध छ । किसानका बाली नष्ट भएका छन् । विशेष गरी केरा किसानको बालि तहसनहस भएको छ । ३५ सय बिगामा केरा खेती हुन्छ । १५ सय बिगामा क्षेत्रि भएको छ । मासिक २ अर्बको कारोबार गथ्यो । यो वर्षाले १५ करोडको क्षेत्र भएको छ ।’

गत आर्थिक वर्षको क्षतिको समेत बीमा दाबी नपाएको भन्दै सांसद ढकालले किन अड्किएको हो भन्ने प्रश्न सरकारसँग गरे । ‘गत वर्ष पनि केरा किसानले बीमा बापतको २ करोड ५० लाख पाउनु पर्ने छ । किसानले १३ महिनासम्म बीमा रकम पाउन सकेका छैनन्’ ढकालले भने  ‘म कृषि मन्त्रालयलाई तथा सम्बन्धीत कार्यालयलाई तत्काल बीमा दाबी भुक्तानी दिन आग्रह गर्छु । १३ महिनासम्म बीमाको रकम किन अड्कीयो । अब कहिले जान्छ मेरा प्रश्न छ ।’

चितवनकै अन्य क्षेत्रमा समेत वर्षाले क्षति भएको हुँदा सरकारले राज्य भएको अनुभुति दिलाउनु पर्ने सांसद ढकालले बिचार राखे । ‘चितवन कै अयौ क्षेत्रमा मकै, धानमा ठुलो क्षति भएको छ । सरकारले त्यसका लागि पनि राज्य भएको अनुभुति दिलाउनु पर्छ । यो बोल्नका लागि मात्र बोलेको हैन । राहतका कार्यक्रम राज्यले ल्याउनु पर्छ । विषय उठाउनको लागि मात्र होइन राज्यले सम्बोधन गर्छ भनेर उठाएको हो । तत्काल बीमा दाबी भुक्तानी हुनुपर्छ’ ढकालले भने

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*