चुनावी नतिजा सार्वजनिक हुँदै गर्दा भारतीय सेयर बजारमा पहिरो

२२ जेष्ठ २०८१, मंगलवार १३:२०

काठमाडौँ । छिमेकी राष्ट्र भारतमा चुनावी नतिजा सार्वजनिक हुँदै गर्दा शेयर बजारमा भारी गिरावट देखिएको छ । सेयर बजारमा भारी गिरावट आएको छ । भारतको प्रमुख सेयर बजार सूचक ‘सेन्सेक्स’ मंगलबार नेपाली समय १ः१५ बजेसम्म ५.७६ अर्थात ४४०५ अंकले घटेर ७२०६३ विन्दुमा कारोबार भइरहेको छ ।

अर्को सेयर बजार सूचक ‘निफ्टी ५०’ पनि ६.४४ अर्थात १४९८.८० अंकले घटेर १४९८ विन्दु कारोबार भइरहेको छ । मंगलबार प्रक्षेपण विपरीत नतिजाहरु सार्वजनिक हुन थालेपछि सेयर बजारमा भारी गिरावट आएको हो ।

मंगलबार चुनावी नतिजाहरु सार्वजनिक भइरहँदा प्रधानमन्त्री मोदीको पार्टी भाजपा र यसको नेतृत्वको गठबन्धन अघि रहेको छ ।

अपडेट

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*