हिमालयन लाइफ महारागंज शाखाद्वारा एकैदिन २०३ पोलिसी बिक्री

२२ जेष्ठ २०८१, मंगलवार १५:०६

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको महारागंज शाखा कार्यालयले एकै दिनमा २०३ बीमा पोलिसी बिक्री गर्न सफल भएको छ । कम्पनीको उक्त शाखा कार्यालयले जेठ महिनाको १६ गते उक्त पोलिसी बिक्री गरेको हो ।

कम्पनीको महारागंज शाखा प्रमुख राजेन्द्र घिमिरेले सम्पूर्ण अभिकर्ताहरुको सहकार्यमा एकैदिन २०३ पोलिसी बिक्री गर्न सफल भएको बताए । उनले भने, ‘मैले एउटाँ दृढ सोच र लक्ष्य लिएर अभिकर्ताहरुसँग सहकार्य गरी सोही कुरा प्राप्तिको लागि दिन रात काम गरे अनि सफल भए।’

आम नागरिकहरुलाई उनीहरुको आवश्यक र आर्थिक अवस्थालाई मध्यनजर गर्दै बीमितहरुलाई सुहाउदो पोलिसी बिक्री गरेको कम्पनीको शाखा कार्यालयले बताएको छ ।

शाखा प्रमुख घिमिरेले उक्त कार्य तथा प्राप्त सफलताले अधिकांश अभिकर्ताहरुलाई हौसला मिलेको भन्दै सम्पूर्ण अभिकर्ताहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

One thought on “हिमालयन लाइफ महारागंज शाखाद्वारा एकैदिन २०३ पोलिसी बिक्री

  1. सुभद्रा थापा says:

    उत्कृष्ट सफलता

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*