६.२२ अकंले बढ्यो शेयर बजार, १० उपसूचक हरियाली हुँदा चार अर्बको कारोबार

२२ जेष्ठ २०८१, मंगलवार १५:०६

काठमाडौँ । मंगलबार पुँजी बजार सुधार देखिएको छ । सोमबार छिनो अकंले घटेको बजार आज भने सुधार आएको हो । लगानीकर्ता नाफा बुक गर्ने तिर हाबि हुँदा शेयर बजारमा सोच अनुरुप उचाईमा पुगेको छैन ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.२२ अकंले बढेर २०८५.३० बिन्दुमा बन्द भएको छ । मंगलबार ३१५ कम्पनीको ८३ लाख ५ हजार ७८६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८ करोड ४७ लाख १५ हजार रुपैयाँको कारोबार भएको छ ।

आज १० उपसूचक हरियाली भएका छन् । मंगलबार बैंकिङ समूहको ०.११ प्रतिशत, विकास बैंक समूहको ०.५७ प्रतिशत, फाइनान्स समूहको ०.२९ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.१० प्रतिशतले शेयर मूल्य बढेको हो ।

यसदिन सिइडिबि हाइड्रोपावरको २० करोड ९२ लाख रुपैयाँ, नेपाल फाइनान्सको १२ करोड ९८ लाख रुपैयाँको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*