नेशनल लाइफ तिनकुने शाखा एकैदिन १२६ पोलिसी बिक्री गर्न सफल

२२ जेष्ठ २०८१, मंगलवार १५:४३

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको तिनकुने शाखा कार्यालयले एकै दिनमा १२६ बीमा पोलिसी बिक्री गर्न सफल भएको छ । कम्पनीको उक्त शाखा कार्यालयले जेठ महिनाको २१ गते सोमबार उक्त पोलिसी बिक्री गरेको हो ।

कम्पनीको तिनकुने शाखा प्रमुख सूर्य बहादु श्रेष्ठले सम्पूर्ण अभिकर्ताहरुको सहकार्यमा एकैदिन १२६ पोलिसी बिक्री गर्न सफल भएको बताए । साथै उनले भने, ‘मैले हाम्रो शाखा कार्यालयमा आवद्ध रहेका बीमा अभिकर्ताहरुसँग सहकार्य गरेर एकै दिनमा १२६ पोलिसी बिक्री गर्न सफल भएको हौं।’

कम्पनीले आम नागरिकहरुलाई उनीहरुको आवश्यक र आर्थिक अवस्थालाई मध्यनजर गर्दै बीमितहरुलाई सुहाउदो पोलिसी बिक्री गरेको बताएको छ । अभिकर्ताहरुले घाम पानी नभनी आम नागरिकहरुको बीमा गर्दै जोखिम हस्तान्तरण गर्दै शाखा कार्यालयलाई सफल बनाएका छन् ।

शाखा कार्यालयको उक्त कार्य तथा प्राप्त सफलताले अधिकांश अभिकर्ताहरुलाई हौसला मिलेको र आफ्नो शाखा कार्यालय एक्टिभ रहेको कुरा पनि पुष्टि भएको ब्रान्च म्यानेजर श्रेष्ठले बताए ।  +

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*