क्यान्सर पीडित राउतको परिवारलाई नेशनल लाइफ तिनकुने शाखाद्वारा ५० लाख रुपैयाँको दावी भुक्तानी

२२ जेष्ठ २०८१, मंगलवार १६:००

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले घातक रोग वापतको बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको तिनकुने शाखा कार्यालयले काठमाडौं महानगरपालिका ३२ मा बसोबास गर्दै आएका कुरियर व्यवसायी बल बहादुर राउतलाई घातक रोग वापतको ५० लाख रुपैयाँको दावी भुक्तानी दिएको हो ।

उनले नेशनल लाइफमा बिगत ४ बर्ष अगाडी ५० लाख रुपैयाँको जीवन बीमा र ५० लाखकै जटिल घातक रोग सुबिधा लिएर जीवन बीमा गरेका थिए । उनलाइ केहि समय अगाडी मात्र मलदुवारको क्यान्सर देखापरेपछि हाल राजिबगान्धि अस्पतालमा उपचार गराइहेका छन् ।

कम्पनीका तिनकुने शाखा प्रमुख सूर्य बहादुर श्रेष्ठले बीमा दावी वापतको रकम हस्तान्तरण गर्दै आम नागरिकहरुलाई नेशनल लाइफको दावी भुक्तानी सहज भएकाले बीमा गर्न आग्रह गरे ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*