बीमा क्षेत्रका लगानीकर्ता बने मालामाल, कुनले कति कमाए ? (सूचीसहित)

२२ जेष्ठ २०८१, मंगलवार १८:००

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ६.२२ अंकले बढेर २०८५.३० को बिन्दुमा कायम भएको छ ।

समग्र रुपमा शेयर बजार बढेसँगै आज लाइफ इन्स्यारेन्स र नन लाइफ इन्स्योरेन्स उप सूचकमा कारोबार भएका अधिकांश कम्पनीहरुको शेयरमूल्यमा हरियाली छाएको छ ।

मंगलबार लाइफ इन्स्योरेन्स इन्डेक्स ०.४७ प्रतिशत अर्थात ४८ अंकले बढेर १०,१९८ को बिन्दुमा कायम भएको छ । आज सिटिजन लाइफ इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक बढेको छ । कम्पनीको शेयरमूल्य १.६३ प्रतिशतले बढेर ४८० रुपैयाँमा कारोबार भएको छ ।

साथै, नन लाइफ इन्स्योरेन्स उपसूचक पनि आज ०.५६ प्रतिशत अर्थात ५९ अंकले बढेर १०,६३४ को विन्दुमा कायम भएको छ । आज कारोबार भएका अधिकांश कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*