एलआईसी नेपालको साधारण सभा असार १३ गते बस्दै, केके छन् एजेण्डा?

२३ जेष्ठ २०८१, बुधबार ०६:५६

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड (एलआईसी) को २२औं वार्षिक साधारण सभा असार १३ गते बिहीबार बस्ने भएको छ । कम्पनीको जेठ १३ गते बसेको संचालक समितिको बैठकले सभा ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा विहान ११ः४५ बजेबाट बस्ने निर्णय गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरूलाई कुनै लाभांश नबाड्ने निर्णय गरिसकेको छ । सभाले गत आवको वार्षिक प्रतिवेदन अनुमोदन गर्ने, नाफा नोक्सान, तथा नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्ने र चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ ।

सभा प्रयोजनार्थ कम्पनीले जेठ ३२ गते एक दिन बुक क्लोज गर्नेछ । यसका आधारमा जेठ ३१ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन योग्य हुनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*