हिमालयन लाइफको व्यतित बीमालेख नवीकरणमा १००% सम्म छुट

२३ जेष्ठ २०८१, बुधबार ०८:१५

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित बीमालेख नवीकरणमा छुट दिने निर्णय गरेको छ । कपनीले व्यतित बीमालेख नवीकरण गर्दा लाग्ने ब्याजमा व्यतित अवधिअनुसार २५ देखि १०० प्रतिशतसम्म छुट दिने निर्णय गरेको हो ।

साविकको प्राइम लाइफ, यूनियन लाइफ र गुराँस लाइफबाट जारी भएका व्यतित बीमालेख जेठ २३ गतेदेखि ३० गतेसम्म नवीकरण गर्दा छुट पाइने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार तीन वर्ष अवधिको व्यतित बीमालेखमा १०० प्रतिशत, तीन देखि माथि पाँच वर्षसम्म अवधिको बीमलेखमा ५० प्रतिशत छुट पाइनेछ । त्यस्तै, पाँच देखि माथि सात वर्षसम्म अवधिको बीमालेखमा ३५ प्रतिशत र सात वर्ष देखि माथि जतिसुकै अवधिको बीमालेखमा २५ प्रतिशत ब्याज छुट पाइने कम्पनीले बताएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*