युनाइटेड मेवा खोला हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने

२३ जेष्ठ २०८१, बुधबार ०८:३८

काठमाडौं । युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनको विषयमा छलफल गर्न प्रथम वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीको सभा असार ६ गते बिहीबार काठमाडौंको डिल्लीबजारस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा दिउँसो ११ बजेदेखि शुरू हुनेछ । कम्पनीको जेठ १४ गते बसको संचालक समितिको बैठकले यो निर्णय गरको हो ।

सभाले गत आवको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान र नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नेछ ।

त्यस्तै, संचालक समितिबाट भएका निर्णय अनुमोदन गर्ने, प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, नयाँ परियोजनामा लगानी गर्ने, शेयरधनी सदस्यका तर्फबाट तीन जना प्रतिनिधि मनोनयम गर्नृे र पूँजी संरचना संशोधन गर्ने लगायतका सम्बन्धमा छलफल एवम् निर्णय गरिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*