हिमालयन लाइफ उप प्रादेशिक कार्यालय नारायणघाटद्वारा आश्रममा शैक्षिक सामाग्री बितरण

२३ जेष्ठ २०८१, बुधबार ११:५४

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स उप प्रादेशिक कार्यालय नारायणघाटले राम जानकी बालिका आश्रम देबघाटमा शैक्षिक सामाग्री र सेनेटरी प्याड बितरण गरेको छ ।

कम्पनीको १६औं वार्षिकोत्सवको अवसरमा उप प्रादेशिक कार्यालयले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त गरेको हो । कम्पनीको वार्षिकोत्सव जेठ २२ गते रहेको हुँदा कम्पनीले जेठ २१ गतेनै कार्यक्रम गरेको हो ।

उक्त कार्यक्रममा उप प्रादेशिक प्रमुख हरि शर्मा पौडेल , नारायणघाट शाखा प्रमुख शिव शर्मा , गैंडाकोट शाखा प्रमुख ओमकार सिग्देल, लायन्सचोक शाखा प्रमुख सन्तोष गुरुङ , भरतपुर शाखा प्रमुख भिम लाल पौडेल लगायत कर्मचारी तथा अभिकर्ताको उपस्थित रहेको थियो । उक्त कार्यक्रम संचालन तेज भन्डारिले गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*