हाइड्रोपावर कम्पनीका शेयरमा हरियाली, कुनले कति कमाए ?

२३ जेष्ठ २०८१, बुधबार १५:१२

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले घटेको छ । कारोबारको अघिल्लो दिन बढेको नेप्से परिसूचक आज ५.५८ अंकले घटेर २०७९.७१ को विन्दुमा कायम भएको छ ।

बुधबार कारोबार भएका कम्पनीहरुमध्ये ८३ वटाको शेयरमूल्य बढेको छ । आज भगवती हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य ९.८३ प्रतिशतले बढ्दै ११९२ रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, माई खोला हाइड्रोपावरको ९.६५ प्रतिशत, विजया लघुवित्तको ७.९० प्रतिशत, लक्ष्मी लघुवित्तको ७ प्रतिशतले शेयरमूल्य बढेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*