हिमालयन लाइफ पथरी शाखाद्वारा बीमा दावी भुक्तानी

२३ जेष्ठ २०८१, बुधबार १६:५५

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको मोरङ, पथरी शाखाले (पीएबी) वापतको दाबी भुक्तानी गरेको छ । कम्पनीले दुर्घटनामा परी घाइते भएका शरण बहादुर तामाङलाई सम्पूर्ण प्रक्रिया पुरा गरी ४२ हजार रुपैयाँको वीमा दावी भुक्तानी गरेको हो ।

उपचार गराउदा लागेको सम्पुर्ण खर्च हिमालयन लाइफको थप करार अन्तर्गत ब्याक्तिगत दुर्घटना बीमालेख को ऐच्छिक सुबिधा (पीएबि) भुक्तानी गरीएको कम्पनीले जनाएको छ ।

कम्पनीका प्रदेश उप प्रमुख भोला कृष्ण मिश्र, शाखा प्रमुख प्रेम बोहोरा, एमडीआरटी फुरुमाया तामङ, मनोज पिठाकोटे मगर, टङ्क प्रधान , तिलबहादुर धिमाल लगाएत अन्य एजेन्सी सहितले बीमितको घरमा गएर सम्बन्धित ब्याक्तिलाई बीमा दावी बापतको चेक हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा प्रदेश उपप्रमुखले मानिस जन्मनुभन्दा ९ महिना अगाडी थाहा हुने तर मृत्यू ९ मिनेट पछाडी हुदैछ भने पनि कसैलाई थाहा नहुने हुदा घरपरिवारलाई आर्थिक रुपमा ठुलो क्षती हुने हुदा बीमा सबैका लागी अनिवार्य छ भन्दै सबैलाई बीमा गर्न आग्रह गरे ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*