हिमालयन रिइन्स्योरेन्सले प्राप्त गर्यो विश्व चर्चित जिआइसी रिको ट्रिटीमा हिस्सा

२३ जेष्ठ २०८१, बुधबार १९:१६

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले एकपछि अर्को उपलब्धि हासिल गर्ने क्रमलाई निरन्तरता दिएको छ । भारतको नियमनकारी निकायबाट भारतको पुनर्बीमा प्राप्त गर्न स्वीकृति पाएको पहिलो वर्षमा नै विश्व विख्यात पुनर्बीमा कम्पनी जिआइसी रिको पुनर्बीमा ट्रिटीमा हिस्सा प्राप्त गर्न कम्पनी सफल भएको छ ।

स्थापनाको चौथो वर्षमा संचालनमा रहेको निजी क्षेत्रबाट सञ्चालित कम्पनी प्रति जिआइसी रि जस्तो विश्व विख्यात कम्पनीले देखाएको विश्वासले कम्पनीलाई आगामी दिनमा अन्य देशमा समेत व्यवसाय विस्तार गर्न हौसला प्रदान गरेको छ । हिमालयन रिइन्स्योरेन्सले भारत सहित अन्य ३० भन्दा बढी मुलुकहरुमा व्यवसाय विस्तार गर्न सफल भएको छ ।

One thought on “हिमालयन रिइन्स्योरेन्सले प्राप्त गर्यो विश्व चर्चित जिआइसी रिको ट्रिटीमा हिस्सा

  1. DAMODAR DHUNGANA says:

    STC जस्तै हो 1/2 बर्ष भित्रै ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*