ग्लोबल इक्विटी फण्डले हकप्रद जारी गर्ने

२४ जेष्ठ २०८१, बिहीबार ०७:०७

काठमाडौं । ग्लोबल इक्विटी फण्ड लिमिटेडले हकप्रद जारी गर्ने भएको छ । यसका लागि कम्पनीले असार ७ गते शुक्रबार विशेष साधारण सभा बोलाएको छ ।

सभा ललितपुरको सानेपामा बिहानको १० बजेदेखि शुरू हुनेछ । कम्पनीको जेठ २१ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो ।

सभाले हकप्रद शेयर जारी गर्ने र यस कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी दिनेछ । साथै, सञ्चालकहरूको नियुक्ति अनुमोदन गर्ने, सञ्चालकहरूको संलग्नता रहेको कम्पनीसँगको कारोबारको स्वीकृति दिने र कम्पनी ऐन, २०६३ को दफा ६० बमोजिम रणनीति पेश गर्ने एजेण्डा रहेको छ ।

सभा प्रयोजनार्थ कम्पनीले जेठ ३१ गते बुक क्लोज गर्नेछ । यसको आधारमा सोको अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनी सभामा भाग लिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*