हाइड्रो कम्पनीको शेयरमा हरियाली छाउँदा अन्य कुनले सर्वाधिक गुमाए ?

२४ जेष्ठ २०८१, बिहीबार १५:१२

काठमाडौं । कारोबार साताको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक १.९३ अंकले घटेर २०७७.७८ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार घटेसँगै अधिकांश कम्पनीहरुको शेयरमूल्य घटेको छ । आज कारोबार भएका कम्पनीहरुमध्ये १०१ कम्पनीको शेयरमूल्य बढ्दा १३५ वटाको शेयरमूल्य घटेको छ ।

बिहीबार इमर्जिङ नेपाल र मिड सोलु हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयरमूल्य ९.८८ प्रतिशत, माण्डु हाइड्रोपावरको ८.४३ प्रतिशत, सुपरमादी हाइड्रोपावरको शेयरमूल्य ७ प्रतिशतले बढेको छ ।

त्यस्तै, आज माईखोला हाइड्रोपावरको शेयरमूल्य ६.४० प्रतिशतले सर्वाधिक घटेको छ । बिहीबार ज्योति विकास बैंक बण्ड ५.५३ प्रतिशत, नारायणी डेभलपमेन्टको ५.१२ प्रतिशत लगायतका अन्य कम्पनीको शेयरमूल्य घटेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*