झिनो अकंले घट्यो बजार, चार अर्ब ३८ करोडको कारोबार हुँदा आठ उपसूचक राताम्य

२४ जेष्ठ २०८१, बिहीबार १५:०८

काठमाडौँ । साताको अन्तिम कारोबारको दिन पनि शेयर बजार ओरालो लागेको छ । पछिल्लो समय शेयर बजारले गति लिन सकेको छैन । लगानीकर्ताको मनोबल कमजोर हुँदा शेयर बजार माथि उठ्न सकेको छैन । प्रायः शेयर बजार एउटै परिसूचकमा घुमि रहेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.९३ अकंले घटेर २०७७.७८ बिन्दुमा बन्द भएको छ । आज ३२२ कम्पनीको ८८ लाख १३ हजार ३७४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३८ करोड ८२ लाख रुपैयाँको कारोबार भएको छ ।

आज दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज इमर्जिङ नेपाल र मिड सोलुको शेयरमा सकारात्मक सर्किट लागेको हो ।

बिहिबार आठ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.६९ प्रतिशत, विकास बैंक समूहको ०.६० प्रतिशत र फाइनान्स समूहको २.०८ प्रतिशतले शेयर मूल्य घटेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*