लगानीकर्ता हतोत्साहित हुनुपर्दैन, लगानी सुरक्षाका लागि बोर्ड प्रतिबद्ध छः अध्यक्ष राना

२५ जेष्ठ २०८१, शुक्रबार ११:५७

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष नरेन्द्र रानाले लगानिकर्ताको मनोबल उच्च बनाउन प्रतिवद्द रहेको बताएका छन् । बोर्डको ३२औँ वार्षिकोत्सब समारोहमा बोल्दै उनले यस्तो वताएका हुन् ।

उनले भने, ‘लगानिकर्ता हतोत्साहित हुनु पर्दैन् । धितोपत्र बोर्ड सबैंको लगानी सुरक्षित गर्नेका लागि बोर्ड प्रतिवद्ध छ । हामीलाई अधिकार दिएसम्मको भुमिका खेल्न तयार छौं ।’

सीमित दिनका लागि बोर्डको अध्यक्ष नियुक्ति भएको भएपनि बजार चलायमान बनाउन आफुले भुमिका खेलि रहेको रानाको भनाइ छ । ‘धेरै समयसम्म बोर्ड अध्यक्ष चयन अन्यौलमा रहेको छ । मेरो चाहाना छ अब छिट्टै नयाँ अध्यक्ष आउनु पर्छ । नयाँ अध्यक्ष आए उसले चार वर्षका लागि कार्ययोजना बनाएर शशक्त रुपमा अघि बढ्न सक्छ । ५ महिनादेखि बोर्ड अध्यक्ष बिहिन हुँदा कयौ काम थाति रहेका छन् । अब ढिलो गर्नु हुन्न ।’

पछिल्लो समय धितोपत्र बोर्डमा थप्प रहेका काम कारबाहि अगाडि बढाउन लागि परेको रानाले बताए । ‘अध्यक्ष आउने बित्तिकै सबै कुरा हुन्छ भन्ने हुँदैछ । छलफलमा छौं । पहिलो बैठक समेत बसेका छौ । अब केहि थप्प भएका कामलाई अगाडी बढाउन तयार छौं’ रानाले भने, ‘बजार चलमयान बनाउन हाम्रो तर्फबाट केहि कमि हुने छैन । हामी यसका लागि परेका छौं ।’

बोर्डको आफ्नै भवन निर्माणका लागि समन्वय भइरहेको उनको धारण छ । ‘बोर्डको भबन निर्माणका लागि हामि अघि बढेका छौ । बोर्डलाई भएका निर्देशन कार्यन्वयनमा हामि अगाडी बढाउछौ । समय अनुरुप ऐन नियम पनि संशोधन हुनु पर्छ’ उनले भने ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*