पुँजीबजारमा देखिएका समस्या समाधान गर्न सरकार तयार छ: प्रधानमन्त्री प्रचण्ड

२५ जेष्ठ २०८१, शुक्रबार १२:१९

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुँजीबजारमा देखिएका समस्या समस्या समाधान गर्न तयार रहेको बताएका छन् । नेपाल धितोपत्र बोर्ड स्थापनाको ३२औं वर्षमा प्रवेश गरेको अवसरमा शुक्रबार शुभकामना दिंदै वित्तीय क्षेत्रको नियमन र सुपरिवेक्षणलाई सुदृढ गर्दै स्वस्थ प्रतिस्पर्धी र भरपर्दाे बनाउन बजारमा देखिएमा समस्या समाधान गर्ने सरकार तयार रहेको बताएका हुन् ।

उनले सरकारले विभिन्न समयमा भएका अध्ययनबाट प्राप्त सुझावहरूको आधारमा पूँजीबजारमा देखिएका समस्याहरु समाधान गर्ने बताए । उत्पादनशील, रोजगारमूलक र न्यायपूर्ण वितरणसहितको उच्च फराकिलो, दिगो र समावेशी आर्थिक बृद्धि हासिल गर्दै समिष्टगत आर्थिक स्थायित्व कायम गर्न पूँजीबजारको महत्वपूर्ण भूमिका रहने पनि बताएका छन् ।

लगानीमैत्री वातावरणको निर्माण गरी लगानी आकर्षण गर्न सम्बद्ध कानूनहरूमा समयानुकुल परिमार्जन गरिएको बताए ।उनले सरकारले व्यावसायिक वातावरणको निर्माण गरी उद्योगी व्यवसायीहरूको मनोबल बढाउन, छरिएर रहेका साना पूँजी एकत्रित गरी ठूला परियोजना कार्यान्वयन गर्न एवं बन्द भएका उद्योग कलकारखाना सञ्चालन र व्यवस्थापन गर्न सरकारले निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्ने नीति लिएको पनि बताए ।

उनले बोर्डले प्रभावकारी रूपमा वित्तीय स्रोतको परिचालनमार्फत् आर्थिक क्रियाकलापलाई औपचारिक प्रणालीमा आवद्ध गर्दै उत्पादन, उत्पादकत्व र रोजगारी बृद्धिमा सहयोग पुग्ने गरी आफ्ना गतिविधिहरूलाई अगाडि बढाउने अपेक्षाआफूले गरेको पनि बताएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*